काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुन्डुमा नयाँ निवास निर्माण सुरु भएको छ । ‘ओली कुटी’ नाम दिइएको निवासको बिहीबार अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले शिलान्यास गरेकी हुन् ।

जेनजी आन्दोलनका क्रममा भक्तपुरको बालकोटस्थित निजी निवासमा आगजनी भएपछि अध्यक्ष ओली पछिल्लो समय गुन्डुमा भाडाको घरमा बस्दै आएका छन् । भवनमा राजनीतिक भेटघाटका लागि बैठक कक्ष र अध्ययनका लागि पुस्तकालयको व्यवस्था हुने जनाइएको छ ।


