काठमाडौं । नेपालको सौन्दर्य तथा स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधिसहित बलियो पकड बनाउँदै आएको हेल्दी होम कम्पनीले ललितपुरको पुलचोकमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । हेल्दी होमको यो चौथो शाखा विस्तार हो । हेल्दी होमले यस अघि काठमाडौंको जमल, मध्य बानेश्वर, पोखरामा सफलतापूर्वक सेवा विस्तार गरिसकेको छ ।

सो अवसरमा हेल्दी होमले १५ दिनका लागि ३० प्रतिशत छुटको अफर पनि सार्वजनिक गरेको छ, जुन पुलचोकको नयाँ शाखामा मात्र लागू हुनेछ । हेल्दी होममा स्वास्थ्यसँग जोडिएका विभिन्न किसिमका ८ वटा उत्पादनहरु उपलब्ध छन् । यी उत्पादनहरु मध्ये ७ वटाको कच्चापदार्थ, फिल्टरेशन, उत्पादन, प्याकेजिङ सबै नेपालमै हुन्छ भने नाइट टीको कच्चापदार्थ भने भारतबाट आयात गरिने कम्पनीकी विजनेश डेभलपमेन्ट म्यानेजर लक्ष्मी रोकायाले जानकारी दिइन् । यसको प्रयोगका लागि पनि नेपाल सरकारबाट हेल्दी होमले अनुमति लिएको छ ।

हेल्दी होमले विभिन्न प्रकारका १७ वटा सर्भिसहरु उपलब्ध गराउँदै आएको कम्पनीका अध्यक्ष मोहन भुसालले जानकारी दिए । जसमा ‘वेट लस’ यहाँको ‘नम्बर वान’ सर्भिस हो । यहाँ चिकित्सकको गिरानीमा ‘वेट लस’ गराइन्छ । सामान्य व्यक्तिले पनि सहुलियत मूल्यमा यो सेवा लिने सक्ने डेभलपमेन्ट म्यानेजर रोकायाले बताइन् ।

२० वर्षभन्दा बढीको अनुभवसहित हेल्दी होमले नेपालमा कोरियन र जापानी लिपोलाइसिस प्रविधिमा आधारित प्राकृतिक बोसो घटाउने कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यी बाहेक पनि हेल्दी होमले स्किन सम्बन्धित प्रभावकारी सेवाहरु पनि सञ्चालन गर्दै आएको छ ।

उद्घाटन समारोहमा विभिन्न कलाकारहरुको समेत उपस्थिती रहको थियो ।


