३ आश्विन २०८१, बिहिबार 1726782823
Banner

१५ प्रतिशत तलब बढाएपछि, कुन तहका कर्मचारीको कति तलब ?

काठमाडौं । सरकारले कर्मचारीको तलब १५ प्रतिशत बढाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आइतबार आर्थिक वर्ष २०७९–८० को वार्षिक बजेट सार्वजनिक गर्दै कर्मचारीको तलब १५ प्रतिशत बढाएका हुन् ।

मुख्यसचिवको अहिलेको तलब ६७ हजार १४० रुपैयाँ रहेको छ भने अबको तलब ७७ हजार २११ हुनेछ । त्यसैगरी सचिवको तलब ९ हजार ४०२ बढेको छ भने सहसचिवको तलब ७ हजार ४०७ रुपैयाँ बढेको छ ।

उपसचिवको तलब ६ हजार ३५७ बढेको छ भने शाखा अधिकृतको तलब ५ हजार ६९९ बढेको छ । त्यस्तै नायब सुब्बाको तलब ४ हजार ५३० र खरदारको तलब ४ हजार २९२ ले बढेको छ । बढेको तलब साउनदेखि लागु हुनेछ ।