२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 10:26 pm
Banner

आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड

सूचना प्रेस २०८२ पुस २६ शनिबार ००:००, १६:५७ बजे १ मिनेट पढाइ

काठमाडौँ, २६ पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले संस्थागत विकास र सेवा प्रवाहमा सुधार गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । निगमको ५६औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले निगमलाई सबल र प्रतिस्पर्धी बन्न आग्रह गर्नुभयो ।

पेट्रोलियम पदार्थको आयात, भण्डारण र बिक्रीको एकाधिकारको लाभबाट मात्रै संस्था अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री सिन्हाले उच्च व्यवासयिकता प्रदर्शनमा निगम सफल हुनसक्नुपर्ने बताउनुभयो । “संस्थागत सुशासनलाई मजबुद बनाएर लैजानुपर्छ”, उहाँले भन्नुभयो, “पारदर्शी, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलतालाई उच्च प्राथमिकता दिनुपर्छ ।”

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य सचिव डा रामप्रसाद घिमिरे समयको मागअनुसारको सेवा प्रवाहमा निगम निपूर्ण हुनुपर्ने बताउनुभयो । कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न निगम प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।