काठमाडौं । पूर्वमन्त्री कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कमिटीको बैठकले उनलाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्षमा अनुपकुमार उपाध्याय थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले आकस्मिक बैठक बोलाएको थियो ।


