काठमाडौँ । प्रहरीले भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ बाट चोरीको मोटरसाइकल सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यबिनायक बस्ने २६ वर्षीय समीर त्वाटी छन् ।
माघ १९ मा बागमती प्रदेश–०२–०३३ प १२८७ नम्बरको मोटरसाइकल लिएर हिँडेको अवस्थामा ट्राफिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । आरोपीले बागमती प्रदेश–०२–०२९ प २५ २५९९ नम्बरको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरेको अनुसन्धानबाट थाहा भएको छ ।
सो मोटरसाइकल काठमाडौँको धुम्बाराहीबाट हराएको थियो । आरोपीलाई कानुनी कारबाही गर्न प्रहरी वृत्त महाराजगन्जमा पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।


