काठमाडौं : काठमाडौँ आउँदै गरेको सुमो खोटाङमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। आज बिहान खोटाङबाट काठमाडौँ जाँदै गरेको ना.१ ज ८७८१ नम्बरको टाटासुमो हलेसी तुवाचुङ नगरपालिका-१ वयक्तास्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो। गाडी आफैँ अनियन्त्रित भई सडकको भित्तातर्फ कोल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा सवार ७ जना मध्ये ४ जना सकुशल छन्।
दुर्घटनापछि सुमो चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका- ७ बस्ने वर्ष ३७ का बुद्धमान श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा भुटानको थिम्पु घर भएकी ७२ वर्षीया कार्दुङ, डोटीको पुर्वीचौकी गाउँपालिका-४ सानागाँउ बस्ने ३५ वर्षीय लोकराज जोशी र डोटीकै चुननुर्बी गाउँपालिका ८ का ५८ को लोप्साङ लामा घाइते भएका छन्। उनीहरूको जनसेवा क्लिनिक घुर्मी उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


