काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


