काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को उपचारको लागि २ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘साम्बा’ को उपचारको लागि २ लाख रुपैयाँ सहयोग गरेको जानकारी गराएको हो ।
न्युजिल्यान्डको क्लबमा आबद्ध साम्बाको ए लिग खेल्ने क्रममा चोट लागेको थियो । हाल घुँडाको गम्भीर चोटका कारण उपचारको तयारीमा रहेकी साम्बालाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको नायव प्रमुख कार्यकारी अधिकृत दिपेशबाबु तिवारीले बताए ।
साथै संस्थाले उनको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप उक्त सहयोग प्रदान गरेको हो । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड सामाजिक, मानवीय तथा खेलकुद प्रवद्र्धनसम्बन्धी कार्यहरूमा सधैं अग्रसर रहँदै छ ।


