२५ बैशाख २०८३, शुक्रबार 1778250398
Banner

सुनको मूल्य लगातार घट्दै, आज तोलामा साढे ६ हजारले घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार (चैत ९) सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो । आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । आइतबार भने दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन चार हजार ५४० रुपैयाँ थियो ।