२९ बैशाख २०८३, मंगलबार 1778595506
अर्थ

सुनको मूल्य तोलामा ४ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँ रहेको सुनको मूल्य आज ४ हजार ४ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ रहेको चाँदी आज ३ सय ५५ रुपैयाँले बढेर ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।