काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलाको ८ सयले बढेर २ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


