८ जेष्ठ २०८३, शुक्रबार 1779467551
शिक्षा /स्वास्थ्य

मेदान्ता गुरुग्रामसँग किस्ट शिक्षण अस्पतालको सहकार्य, क्यान्सर उपचार सेवा थप प्रभावकारी बनाइने

काठमाडौं । क्यान्सर उपचारसम्बन्धी सेवालाई विशेषज्ञसहित अत्याधुनिक, बहुविषयगत तथा अन्तरराष्ट्रिय स्तरको बनाउन किस्ट शिक्षण अस्पताल र भारतको Medanta Gurugram बीच सहकार्यको प्रक्रिया अघि बढाइएको छ।

हाल नेपाल भ्रमणमा रहनुभएका मेदान्ता गुरुग्रामका क्यान्सर रोग विशेषज्ञ Dr. Satyapal Kataria सहितको टोलीसँग भएको छलफलपछि सेवा विस्तार र उपचारलाई थप प्रभावकारी बनाउने विषयमा सहमति भएको हो।

किष्ट शिक्षण अस्पतालका क्यान्सर उपचार सेवा विभाग प्रमुख Dr. Bishnudatta Poudel ले मेदान्तासँगको सहकार्यले नेपालका क्यान्सर बिरामीलाई अन्तरराष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन मद्दत पुग्ने बताउनुभयो।

छलफल कार्यक्रममा किस्ट शिक्षण अस्पतालका विशेषज्ञ चिकित्सकका साथै विभिन्न अस्पताल तथा संस्थाबाट आएका वरिष्ठ चिकित्सक तथा चिकित्सा विशेषज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा क्यान्सर उपचारका नवीनतम प्रविधि, जटिल बिरामीको बहुविषयगत व्यवस्थापन तथा अन्तरराष्ट्रिय सहकार्यका विविध विषयमा विस्तृत छलफल भएको जनाइएको छ।

डा. पौडेलका अनुसार किस्ट अस्पतालमा अनुभवी क्यान्सर शल्य चिकित्सक, क्यान्सर रोग विशेषज्ञ, रक्तसम्बन्धी क्यान्सर विशेषज्ञ तथा अन्य विशेषज्ञहरूको टोलीमार्फत टाउकोदेखि खुट्टासम्म हुने सबै प्रकारका क्यान्सरको पहिचान, शल्यक्रिया तथा उपचार सेवा उपलब्ध हुँदै आएको छ।

किष्ट क्यान्सर केन्द्रले टेलिमेडिसिनमार्फत दोस्रो राय (सेकेन्ड ओपिनियन) तथा टेली–परामर्श सेवासमेत प्रदान गर्दै आएको अस्पतालले जनाएको छ।