२३ कार्तिक २०८३, सोमबार Monday, 9 November 2026
हामीलाई पछ्याउनुहोस्
२३ कार्तिक २०८३, सोमबार 10:56 am
Banner

आज कर्णाली र पोखरा तथा चितवन र काठमान्डु भिड्दै

सूचना प्रेस २०८३ कार्तिक २३ सोमबार ००:००, ०९:२५ बजे १ मिनेट पढाइ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनअन्तर्गत  आज कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना कायम राख्ने लक्ष्यमा हुनेछन् । हाल चार अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको कर्णालीले चार खेल खेल्दा समान दुई जित र हार दुई व्यहोरेको छ ।

पोखरा भने पहिलो जित निकाल्दै खाता खोल्ने लक्ष्यमा हुनेछ । चार खेल खेल्दा टोलीले सबै खेलमा पराजय भोगेको छ । यी दुईबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज खेल्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ ।