६ मंसिर २०८३, आइतबार Sunday, 22 November 2026
हामीलाई पछ्याउनुहोस्
६ मंसिर २०८३, आइतबार 1:19 pm
Banner

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई

सूचना प्रेस २०८३ मंसिर ६ आइतबार ००:००, १३:१८ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् । भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेर उनी भोलि साँझ स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको स्रोतले बतायो । सो सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्ने छन् ।