२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 1:02 pm
Banner

प्रधानमन्त्री देउवासँग अध्यक्ष ओली र दाहालको बैठक सुरु

सूचना प्रेस २०७८ माघ २३ आइतबार ००:००, १६:३६ बजे १ मिनेट पढाइ

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा स्थानीय तहको निर्वाचनको मिति र एमसीसीका बारेमा छलफल हुने स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष ओली सत्ता बहिर्गमनपछिको ७ महिनापछि बालुवाटार जानुभएको हो ।

बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति छ ।