काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ्गले सीट बाँडफाँडमा कुरा नमिले गठबन्धन नहुने बताउनुभएको छ । सूचनाप्रेस सँग विशेष अन्तरवार्ता गर्नुहुँदै मन्त्री खापुङ्गले भन्नुभयो, –‘स्थानीय चुनावमा गठबन्धनकै जोडबलले नेपाली काँग्रेस पहिलो पार्टी बन्यो, त्यसैले काँग्रेसले हामी ठूलो पार्टी हौ अरु स साना पार्टी हुन भनेर घमण्ड नगरे हुन्छ ।’ नेकपा समाजवादी चुनावमा बढि सीट जित्नकै लागि गठबन्धनमा जानुपरेको उहाँको तर्क थियो । सवैलाई उचित किसिमको सीट बाँडफाँड होस भन्ने हाम्रो मत हो त्यसो भएन भने गठबन्धन हुँदैन मन्त्री खापुङ्गले भन्नुभयो ।