२० कार्तिक २०८१, मंगलबार 1730824560
Banner

गिरिको निधनका कारण आज बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ। नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो।

गिरिको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो। सोमबार पनि शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुनेछ।