२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 6:16 pm
विश्व

क्यानडामा दिनदहाडै प्रहरी अधिकारी मारिए

सूचना प्रेस २०७९ भदौ २८ मंगलबार ००:००, १४:०३ बजे १ मिनेट पढाइ

चक्कु प्रहारबाट दश जनाले ज्यान गुमाएका र १५ जना घाइते भएका घटना सेलाउन नपाउँदै क्यानडाको सबैभन्दा ठूलो शहर टोरोन्टोमा एक जना प्रहरी अधिकारीको गोली प्रहारबाट मारिएका छन् ।

गोली प्रहार गरेको आरोपको एकजना सन्दिग्धलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा घाइते भएका अन्य दुईजनालाई अस्पताल भर्ना गरिएको छ । घाइतेको परिचय खुलाइएको छैन । सशस्त्र आक्रमणकारीबाट जोगिन प्रहरीले सर्वसाधारणलाई चेतावनीयुक्त सूचना जारी गरेको छ । प्रहरीले आक्रमणकारीहरूको खोजी तथा घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।