२५ कार्तिक २०८३, बुधबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२५ कार्तिक २०८३, बुधबार 5:50 pm
Banner

विशालनगरमा चल्यो महानगरको डोजर (तस्विरहरु)

सूचना प्रेस २०७९ भदौ २८ मंगलबार ००:००, १४:३८ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको विशालनगरमा अनधिकृत रुपमा बनाईएका संरचनाहरु मंगलबार डोजर लगाएर भत्काएको छ ।

३५ दिने सार्वजनिक सूचना जारी गरी पसल र घरधनीलाई आफै भत्काउन अनुरोध गरेपनि अटेर गरेपछि महानगरले पुनः माइकिङ गरी ताकेता गरेको थियो । महानगरको सूचनालाई वेवास्ता गरी बसेका पसलहरु मंगलबार डोजर लगाएर भत्काइएको हो ।

काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले विशालनगरको मल्पी सिटि आसपासको क्षेत्रमा डोजर चलाएको हो ।