३० कार्तिक २०८१, शुक्रबार 1731723786
राजनीति

घरदैलोमा व्यस्त एमाले काठमाडौं क्षेत्र नम्बर ३ का उम्मेदवार

काठमाडौं क्षेत्र नं ३ मा मङ्सिर  ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जित आफ्नो पक्षमा पार्न नेकपा एमाले काठमाडौं ३ले  घरदैलो अभियानलाई तीव्रता दिएको  छ । काठमाडौं क्षेत्र नं ३  का नेकपा  एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण बहादुर राइ र प्रदेश सभा काठमाडौं ३ (२) का उम्मेदवार रामेश्वर फुयालले  घर दैलो अभियानलाइ तिब्रता दिदै आएका छन ।

उम्मेदवारहरुले  प्रचारप्रसार शैली फेर्दै घरदैलो र मतदाता भेटघाटमा केन्द्रित हुन थालेका छन् ।  गोकर्णेश्वर नगरपालिका वडा नं ४मा उम्मेद्वार सहित नेताकार्यकर्ता झन्डा र चुनाव चिन्ह बोकेर घरदैलोमा निस्किएको  नेकपा एमालेले क्षेत्र नं ३  का उम्मेदवारहरुले  घरदैलो गरेका छन । उनीहरुले घरदैलो मात्र नगरी   टोलटोलमा भेला पनि गर्दै  नेकपा एमाले र सुर्य चिन्हमा  मतदान गर्नका लागि मतदाताहरु समक्ष आग्रह गर्दै आएका छन भने  उम्मेदवारहरुले आफ्नो एजेण्डा मतदातालाई बुझाउदै आएका छन  । एमालेको सरकारको पालामा थुपै विकासका काम भएको स्मरण गराउर्दै पुन पनि एमालेको  ओली  नेतृत्वको सरकार बनाउनको लागि सुर्य चिन्हमा मतदान गर्न मतदातालाइ अनुरोध  गरेका थिए । एमालेको विकल्प कोही हुन नसक्ने भन्दै मतदाता साथ दिन तयार रहेको बताएका थिए ।