काठमाडौं । पछिल्लो केही दिनयता दैनिकजस्तो बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभिन्न दलका नेतादेखि कर्मचारीसम्मका व्यक्तिहरुको आगमन बढ्दो छ ।
यसैक्रममा दोलखाका भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा आउनुभएका ज्येष्ठ नागरिकलाई अध्यक्ष ओलीले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
उहाँले दोलखादेखि आएका ४० ज्येष्ठ नागरिकको अनुभव र विचार सुन्नुभएको थियो । त्यस क्रममा एमाले अध्यक्ष ओलीले हरेक क्षेत्रलाई ज्येष्ठ नागरिक मैत्री बनाउन आफू लागिरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सेवालाई मुख्य आधार मान्दै उनीहरुको हितका लागि आफ्नो प्रयास जारी रहेको बताउनुभयो ।