धनगढी । नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरी रिहा भएका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी कैलाली कारागारबाट रिहा भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरेकी थिइन्। सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले आवश्यक प्रक्रिया पूरा गरेर चौधरीलाई रिहा गरिएको जानकारी दिए ।