८ मंसिर २०८१, शनिबार 1732392798
Banner

मन्त्री र कर्मचारीले अति आवश्यकबाहेक विदेश भ्रमणमा जान नपाउने 

काठमाडौं – सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।

वैदेशिक भ्रमणमा फजुल खर्च हुन थालेपछि गत मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले अति आवश्यक बाहेक मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो ।

मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भ्रमणमा कडाइ गर्ने निर्णय भएको जानकारी गराउनुभएको हो। 

सरकारले नेपाल सरकारका मन्त्री र अन्य उच्चपदस्थ कर्मचारीले अब उप्रान्त अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण नगर्ने निर्णय भएको जानकारी गराउनु भयो । त्यसैगरी सरकारले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णयसमेत गरेको छ। 

त्यसैगरी नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय भएको छ। तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणका लागि वनक्षेत्र उपयोग गर्न दिने निर्णय सरकारले गरेको छ।