बारा – नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेलले बारा-२ निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराउनुभएको छ। उहाँको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहनुभएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादवले उक्त निर्वाचनबाट मनोनयन दर्ता गराइसक्नुभएको छ ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएसँगै आगामी वैशाखमा उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।