७ जेष्ठ २०८३, बिहिबार 1779394932
Banner

तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराईले गराए मनोनयन दर्ता

तनहुँ : आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गराएका छन्।

भट्टराईले सोमबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।  उनको प्रस्तावकमा रघुनाथ पौडेल र देवकुमार श्रेष्ठ छन्।

गत मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त रहेको सो स्थानमा उपनिर्वाचन हुन लागेको हो। 

यसअघि नेकपा एमालेबाट पूर्वआईजीपी सर्वेन्द्र खनाल,रास्वपाबाट अर्थविद् डा.स्वर्णिम वाग्लेले मनोनयन दर्ता गराइसकेका छन्।
मनोनयनको समय बेलुका ५ बजेसम्म तोकिएको छ।