१० मंसिर २०८१, सोमबार 1732516622
राजनीति

नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमत १८ गते पार्टी एकता हुँदै

काठमाडौँ । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले आगामी वैशाख १८ गते पार्टी एकता गर्ने भएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवस पारेर २ पार्टी एकता गर्न लागेका हुन् ।

वैद्य र बास्तोला नेतृत्वको वार्ता टोलीले आगामी शुक्रबार पत्रकार सम्मेलन गरेर यस विषयमा जानकारी दिइने क्रान्तिकारी माओवादीका एक केन्द्रीय सदस्यले बताएका छन् ।

पार्टी एकता भएपछि नेकपा माओवादी हुने सम्भावना देखिएको नेताहरूले बताएका छन् । दुवै पार्टीको भाव समेटिनेगरी पार्टीको नाम राखिने भएको छ ।

पार्टी अध्यक्ष मण्डल बनाएर त्यसको संयोजक वैद्यलाई बनाएर जाने समझदारी बनाएको नेकपा बहुमतका एक नेताले बताए । आलोपालो नेतृत्व गर्ने गरी २ जनाबीच अध्यक्ष मण्डल बनाइने ती नेताले बताए । मोहनविक्रम सिंह नेतृत्वको नेकपा क्रान्तिकारी मसालसँग पनि एकता गर्ने भनिए पनि सहमति नजुट्दा सो एकता रोकिएको छ ।