२२ बैशाख २०८३, मंगलबार 1777999880
Banner

नेपालमा आँखा उपचार गर्न लायन्स क्लबको भूमिका महत्त्वपूर्ण छ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपालमा आँखा उपचारमा लायन्स क्लबले महत्त्वपूर्ण सहयोग गरेको बताउनु भएको छ।

आज काठमाडौँमा भएको लायन्स क्लबको अधिवेशनमा बोल्दै उहाँले नेपालमा अन्धोपन निवारण गर्न लायन्स क्लबले उल्लेखनीय काम गरेको बताउनु भयो ।

सभामुख घिमिरेले वातावरण प्रदूषण बढिरहेको बेला वातावरण सफा राख्न, भूकम्पका बेला पनि राहत तथा उद्धारको काममा लायन्स क्लबले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । भूकम्पका बेला ४५ करोडभन्दा बढी सहयोग जुटाएर विद्यालय बनाउन सफल भएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

सामाजिक काममा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि सामाजिक काममा लाग्न आग्रह गरे । साथै त्रिवि लायन्स रगत बैंक स्थापना गर्न लागेकोमा सफलताको कामना पनि उहाँले आग्रह गर्नुभयो ।