९ मंसिर २०८१, आइतबार 1732479415
Banner

वर्तमान गठबन्धन सरकारले कुकर्म गरिरहेको छ : केपी ओली

नेपालगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले समाजका सबै वर्ग र समुदायको पार्टी भएको बताउनुभएको छ।

राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा एमालेले सुखी नेपाली समृद्ध नेपालीको आकांक्षा पूरा गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले लौरो टेक्ने ज्येष्ठ नागरिकको मात्र होइन सशक्त युवाको पनि पार्टी हो ।’

युवाहरूले इतिहास होइन भविष्यको कुरा गर्नु र सोच्नु पर्ने उहाँले बताउनुभयो । भविष्यको तयारी, काम, आन्दोलन, संकल्प, योजना र अनुशासनको कुरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

युवाले भविष्य कस्तो बनाउने भन्ने कुरा सोच्नु पर्ने अध्यक्ष ओलीले बताउनुभयो । युवाहरू सूर्य जस्तै अनुशासित हुनु पर्नेमा उहाँको जोड छ। अनुशासनमा नबस्ने व्यक्ति र संगठन कुबाटोमा जाने ओलीले प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले देशमा अहिले विभिन्न विकृति र विसङ्गति भए पनि त्यसलाई रोकेर देशलाई ओरालो लाग्नबाट बचाउन सकिने उहाँले प्रष्ट पार्नुभयो । हामी काम गर्न सक्छौँ भन्ने कुरा एमालेले छोटो समयमा नै प्रमाणित गरिसकेको उहाँले बताउनुभयो । आज संघीय लोकतान्त्रिक गणतन्त्र आएको छ। यसमा पनि कतिपय विकृतिहरू आएको छ। गठे संस्कृत, यो गठबन्धनको संस्कृति। जसमा राजनीति छैन, विचार छैन। जेसुकै भए पनि जस्तो भए पनि एउटा निकम्मा सरकार बनाउनुपर्ने र कुकर्म गर्नुपर्ने स्थिति बनाएको छ, ओलीको आरोप थियो ।