झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खाद्यसुरक्षा र कृषि क्षेत्रको सम्वद्र्धनका लागि दक्षिण एशियाली मुलुकहरुबीच सहकार्यको खाँचो रहेको बताउनु भएको छ।
अखिल नेपाल किसान महासंघले झापाको शिवसताक्षीमा आयोजना गरेको दक्षिण एशियाली कृषि सम्मेलनलाई सम्बोधनका क्रममा उहाँले कुनै एक देशको प्रयास र पहलले मात्र कृषिको उत्पादकत्व वृद्धी र खाद्यसुरक्षा कायम हुन नसक्ने पनि बताउनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले नेपाल कृषि उपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहिन र बिषाक्त खानेकुराहरु खान बाध्य हुनु परिरहेको पनि बताउनुभयो। उहाँले कृषिको व्यावसायीकरण र आत्मनिर्भरताको लागि दक्षिण एशियाली मुलुकहरुबीच सहकार्यको आवश्यकता समेत औल्याउनुभयो ।
ओलीले बिहीबार पार्टी निकटका किसानहरुको संगठन अखिल नेपाल किसान महासङको रास्ट्रीय महासम्मेलनको पनि उदघाट्न गर्ने कार्यक्रम छ । महासम्मेलनका लागि देशका विभिन्न जिल्लाबाट प्रतिनिधीहरु झापा आएका छन् ।