८ मंसिर २०८१, शनिबार 1732348621
राजनीति

जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण

एजेन्सी। जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमण भएको छ। प्रधानमन्त्री फुमिओ पश्चिमी जापानको बन्दरगाहको भ्रमण गर्न आएका बेला आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

वाकायामा भ्रमणमा रहेका बेला ठूलो विष्फोट भएपछि उनलाई सकुशल बाहिर निकालिएको बताइएको छ। उनीहरुतर्फ ग्यास वा पाइप बम प्रहार गरिएको थियो। उनले भाषण सुरु गर्नुअघि नै आक्रमण भएको हो।

सुरक्षा बलले आक्रमणकारीलाई समातेको छ । एउटा बन्दरगाहमा भिषण विष्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । घटनामा संलग्न भएको आशंकामा एक व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको फुटेज सार्वजनिक भएको छ।

जुलाई २०२२ मा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि सार्वजनिक कार्यक्रममै गोली प्रहार भएको थियो । उनको सोही आक्रमणमा परेर मृत्यु भएको थियो ।