९ मंसिर २०८१, आइतबार 1732495009
खेलकुद

आईपीएल : पन्जाबसँग लखनउ २ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ ।

सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो । म्यान अफ दि म्याच राजाले ५७ रन बनाएपछि पञ्जावले १६० रनको लक्ष्य १९.३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

राजाले ३१ बल खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २-२ विकेट लिए।