९ मंसिर २०८१, आइतबार 1732465307
Banner

महावीर पुनको माइतीघर मण्डलामा धर्ना सुरु

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन्। सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन्।

महावीरसँगै धर्नामा बसेकाहरुले स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।