८ जेष्ठ २०८३, शुक्रबार 1779459997
Banner

अध्यक्ष ओलीद्वारा तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको उद्घाटन

तेह्रथुम- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रथुमको आठराइ गाउँपालिका-४ इवामा निर्माण भएको तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको उद्घाटन गर्नुभएको छ।

सो शिक्षालय भवन बनाउन ओलीको नाममा स्थापना भएको ट्रष्टले जग्गा दान गरेको थियो। भवन निर्माण सम्पन्न भएको शिक्षालय भवनको ओलीले उद्घाटन गर्नुभएको हो।

अध्यक्ष ओली आज बिहान पाँचथरबाट आफ्नो जन्मस्थल तेह्रथुमको आठराई पुग्नुभएको हो।

कार्यक्रममा ओलीकी धर्मपत्नी राधिका शाक्य, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू समेत सहभागी हुनुहुन्छ।

प्राविधिक शिक्षालयमा तीन वर्षदेखि कृषि र पशु स्वास्थ्य तर्फ डिप्लोमा कक्षा सञ्चालन हुँदै आएको छ। शिक्षालयको ८० जना विद्यार्थी क्षमता रहेको छ।