९ मंसिर २०८१, आइतबार 1732430844
Banner

रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा, रवि लामिछाने दलको नेता बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको सो पार्टीले जनाएको छ ।

उक्त पार्टीको संसदीय दलको बैठक भोलि सोमबार बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिनुभयो ।

यही वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित हुनु भएसँगै शुक्रबार शपथ लिनुभएको थियो ।