७ जेष्ठ २०८३, बिहिबार 1779385320
Banner

काँग्रेसका तीन मन्त्रीले लिए शपथ

काठमाडौं । नेपाली काँग्रेसबाट नियुक्त भएका तीन जना मन्त्रीले शपथ लिएका छन्।

बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्।

धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए। मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ।