८ जेष्ठ २०८३, शुक्रबार 1779463350
Banner

सांसद अमरेशकुमार विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

नेपाली कांग्रेसका सर्लाहीका जिल्ला सदस्य विकास ठाकुरले सिंहको सम्पत्ति छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी दिएका हुन्।

उहाँलाई पदीय शक्ति दुरुपयोग गर्दै भ्रष्टाचार गरेको आरोप लगाइएको छ। कांग्रेस राजनीति गरेका अमरेश २०६३ पछि मूलधारमा देखिन थालेका हुन्। निर्वाचनमा मतदाता पनि किनेको दाबी उजुरीमा गरिएको छ।

सर्लाहीबाट आर्थिक चलखेलले पटक-पटक निर्वाचित हुँदा पनि त्यस क्षेत्रको समृद्धिका लागि कुनै पहल नगरेको र आफू र आफ्ना नजिकका आफन्तलाई पोस्ने कार्य गरेको आरोप उहाँलाई लगाइएको छ।

सोमबार बसेको संसद बैठक सुरु हुनेबित्तिकै विरोधमा उत्रिएका अमरेशले बोल्न नपाएको भन्दै शरीरको माथिल्लो भागको सबै लुगा खोलेर विरोध गर्नुभएको थियो।