८ जेष्ठ २०८३, शुक्रबार 1779470791
Banner

टीकापुर हत्याकाण्ड : ७ वर्षपछि निर्दोष ठहरिएका सीताराम जेलबाट छुटे

कैलाली। टीकापुर घटनामा संलग्न भएको भन्दै कैलाली कारागारमा रहेका सीताराम चौधरी आज छुटेका छन्। सर्वोच्च अदालतले हिजो उनी निर्दोष रहेको ठहर गर्दै फैसला गरेपछि चौधरी बुधबार रिहा भएका हुन्।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनालाई लिएर चौधरीलाई २०७३ वैशाख २७ गते प्रहरीले पक्राउ गरेको थियो। सीतारामसँगै गंगाराम चौधरीलाई पनि हिजो सर्वोच्चले निर्दोष ठहर गरेको थियो। उनी ७ वर्ष ६ दिन कारागार बसे। गंगा भने रिहा भएका छैनन्।

टीकापुर घटना उनलाई सर्वोच्चले निर्दोष ठहर गरेपछि उनीविरुद्ध अर्को ज्यानसम्बन्धी मुद्दा भएका कारण उनी रिहा नभएको कारागार प्रशासनले जनाएको छ।