९ मंसिर २०८१, आइतबार 1732478101
Banner

नीति तथा कार्यक्रममाथिको छलफल आजपनि जारी रहने

काठमाडौं । संघीय संसद् प्रनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । नीति तथा कार्यक्रममाथि सांसद्हरूले आ–आफ्नो धारणा राखिरहेका छन् । प्रतिपक्षि दलका सांसदहरूले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका छन् ।

राष्ट्रियसभाको बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुँदै छ । बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते (शुक्रबार) संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।