९ मंसिर २०८१, आइतबार 1732453969
Banner

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजे सहैय हुँदैन : अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई मुछ्न खोजे सहैय नहुने बताउनुभएको छ ।

पार्टीको जनसंगठन समन्वय संयन्त्रले आज काठमाडौंमा आयोजना गरेको जनसंगठन पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्नुहुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेको कुनै संलग्नता नरहेको र कसैले जबरजस्ती मुछ्न खोजे एमालेले नसहने बताउनुभएको छ ।

‘पार्टीभित्रका कसैले त्यो काममा संलग्नता जनाएको ठहरिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न एमाले स्वयम् अग्रसर हुन्छ र कारबाही गर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मिडिया प्रयोग गरेर, करकाप गरेर मानिसलाई नाम उच्चारण गर्न लगाएर नेकपा एमालेलाई मुछ्न खोजिन्छ भने एमालेलाई सह्य हुँदैन ।’

भ्रष्टाचार देश र इमानको शत्रु भएको तथा मानिसको नैतिकता, इमानबाट च्यूत हुने बताउँदै ओलीले अगाडि भन्नुभयो, ‘नेकपा एमाले त्यसमा (शरणार्थी प्रकरण) संलग्न थिएन, छैन र हुने छैन । नेकपा एमाले कुनै भैष्टाचारमा संलग्न थिएन र हुने छैन । यदि कसैले एमालेभित्र रहेर रहेर पनि एमालेका आदर्श, यसका मूल्य मान्यताविपरीत, उद्देश्यलाई आघात पुग्नेगरी अनुचित र अनैतिक क्रियाकलाप कसैले गर्छ भने नेकपा एमाले त्यस्तोमा कारबाही गर्न आफैं अग्रसर भएर अगाडि बढ्न ।’