११ कार्तिक २०८१, आइतबार 1730030999
राजनीति

प्रचण्डलाई भेट्न बालुवाटार पुगे विप्लव, सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले बालुवाटारमा पुगेर प्रधानमन्त्री पत्नी दिवंगत सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त क्रममा विप्लवले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा छोरीहरु रेणु र गङ्गा दाहालप्रति समवेदना व्यक्त गरेका हुन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लगायत स्थायी समितिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो ।