२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 12:29 pm
Banner

नौ हजारभन्दा बढी डेंगी संक्रमित, सुनसरीमा सबैभन्दा बढी

सूचना प्रेस २०८० श्रावण २४ बुधबार ००:००, १२:३२ बजे १ मिनेट पढाइ

काठमाडौं । दिनप्रतिदिन डेंगी रोगीको संख्या बढिरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे नौ हजार पुगेको छ । तथ्यांकानुसार जनवरीयता अगस्ट ७ सम्म नौ हजार ४११ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी डेंगीका कारण नौजनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीका पाँच हजार ४१ जना छन् । १० जिल्लामा मात्र आठ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वका धेरै देशमा डेंगीका चारै सेरोटाइप देखिएको छ ।