९ मंसिर २०८१, आइतबार 1732432955
Banner

प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्य जाँच गराउन नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एन्जिओग्राम गरिने भएको छ । उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्री प्रचण्डलाई पेट र छातीको बीचमा अप्ठेरो महसुस भएको थियो । प्रधानमन्त्रीको मुटुको एन्जिओग्राम गरिने उनले जानकारी दिए । यो परीक्षणले मुटुमा रहेका नशाबाट रक्तसञ्चार भएको वा नभएको पत्ता लाग्नेछ ।

यो परीक्षणको रिपोर्ट आएपछि चिकित्सकहरुले प्रधानमन्त्रीलाई भर्ना गर्ने वा नगर्ने निर्णय गर्नेछन् । छातीमा असहज महसुस भएपछि प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ नर्भिक अस्पतालमा पुगेका थिए । ‘पछिल्ला दिनमा दौडधुप र तनावका कारण समस्या देखिएको हुनसक्छ’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘के भएको हो कन्फर्म भएर जाऔं भनेर अस्पताल आएका हौं ।’