९ कार्तिक २०८१, शुक्रबार 1729865747
Banner

गौतमबुद्धको जन्मस्थलबाट संयुक्त राष्ट्रसंघका महासचिवले भने : संसारभर भएका द्वन्द्वको अन्त्यका लागि आह्वान गर्छु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट संसारभरका द्वन्द्व अन्त्यका लागि आव्हान गरेका छन् ।

मंगलबार बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणपछि आयोजित पत्रकार सम्मेलनमा सो आह्वान गरेका हुन् । ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आव्हान गर्छु । शान्ति र मानवता अपरिहर्य विषय हो मानवीयता मर्न दिनुहुन्न, बुद्धका सन्देश, पञ्चशील सिद्दान्त र संयुक्त राष्ट्रसंघको मिसन मिल्दोजुल्दो छ । यो शान्तिको मुहानबाट सबैले सिकौं, लुम्बिनी घुमौं’ गुटेरेसले भनेका छन् ।

महासचिवको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचार(प्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । मंगलबार बिहान विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएका गुटेरेसले शान्तिदीपमा दीप प्रज्ज्वलन गरेका थिए ।