२८ बैशाख २०८३, सोमबार 1778492212
Banner

एमालेले आज चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापानको आयोजना गरेका छन्।

दशैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा ओलीले आज चियापान आयोजना गर्न लागेका हुन्।

हिजो गर्ने भनिएको चियापान संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजका लागि सारिएको कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

गुटरेसले संसदमा सम्बोधन गर्ने तालिका भएर चियापान आजका लागि सारिएको अधिकारीको भनाइ छ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ। चियापान कार्यक्रममा विभिन्न राजनीतिक दलका शीर्ष नेता कुटनीतिक नियोगका प्रमुख र सर्वसाधारणलाई पनि एमालेले निम्ता गरेको छ।

यसअघि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापनको आयोजना गरेको थियो।