८ कार्तिक २०८१, बिहिबार 1729808498
Banner

टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ चुडालको इजलासमा

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासले गर्ने भएको छ ।

सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको उनले जानकारी दिए ।

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए । कतिपयले प्रतिबनध ठीक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औंल्याएका थिए ।