७ मंसिर २०८१, शुक्रबार 1732310880
Banner

अघोषित नजरबन्दमा रहेका प्रसाईं निस्किए घरबाहिर

काठमाडौं । आफ्नै निवासमा अघोषित रुपमा नजरबन्दमा रहेका दुर्गा प्रसाईँ घरबाहिर निस्किएका छन् । उनी सिफलमा हुने आन्दोलनमा सहभागी हुनका लागि निवासबाट निस्किएका हुन् ।
शुक्रवार बिहानैदेखि नजरबन्द रहेका प्रसाईँ अहिले निवासबाट निस्केका हुन् । शुक्रवार तीनकुनेमा आन्दोलन गर्ने प्रसाईँ समूहको तयारी थियो । तर उनलाई घरमा नै नजरबन्द गरियो ।

उनलाई नजरबन्दमा राखेपछि सरकारको चर्को आलोचना भएको थियो । स्थानीय प्रशासन, सुरक्षा निकाय र प्रसाईं समूहबीच हिजो साँझ शान्तिपूर्ण प्रदर्शन गर्ने, सरकारले अनुमति दिएको ठाउँमा मात्रै आन्दोलन गर्ने सहमति भएको थियो । सो सहमतिपछि प्रसाईंलाई नजरबन्दबाट मुक्त गरिएको हो ।

उनले निवासबाट नै हिजो ‘घरमा दुई जना डीएसपी आएर तपाई घरबाट बाहिर निस्किन पाउनुहुन्न’ भनेकाले आफू ननिस्किएको बताएका थिए ।

उनलाई नेपाल प्रहरीले स्कर्टिङ गरेर सिफलतर्फ लगिरहेको छ । युवा संघका नेता कार्यकर्ताहरूले बाटोमा अवरोध गर्न सक्ने भन्दै आफूहरू सचेत भएर आन्दोलनस्थलतर्फ गइरहेको प्रसाईँ समूहका व्यक्तिहरू बताउँछन् ।