९ मंसिर २०८१, आइतबार 1732480142
Banner

झण्डै दुई सय नेपाली रुसी सेनामा भर्ना भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट र अध्ययन भिसामा रुस पुगेका झन्डै दुई सय जना नेपाली त्यहाँको सैनिकमा भर्ना भएको बताएका छन्। प्रेस सेन्टरको पदाधिकारी बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दुई सय जना नेपाली रुसी सेनामा भर्ना भएको जानकारी पाएको बताए।

प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत केही नेपालीहरू युक्रेनको कब्जामा रहेको समेत उनले बताए। युक्रेन सेनामा समेत केही नेपालीहरू कार्यरत रहेको सूचना भएको र त्यसबारे सरकारले अध्ययन गरिरहेको बताए।
रुस र युक्रेन युद्धका क्रममा ६ जना नेपालीको मृत्यु भएको छ। सरकारले उनीहरूको शव नेपाल सरकारलाई बुझाउन यसअघि नै रुस सरकारलाई पत्र पठाइसकेको छ। सरकारले नेपालीहरूलाई आफ्नो सेनामा भर्ना नगर्न आग्रहसमेत गरेको छ। त्यस्तै प्रहरीले अवैध तरिकाले रुस पठाउने १२ जनालाई पक्राउ गरेको थियो।