काठमाडौं। मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम चलिरहँदा प्रहरी र जनमत पार्टीका नेता तथा कार्यकर्ताबीच झडप भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको भन्दै जनमतका नेता तथा कार्यकर्ताले विरोध गरेका थिए । मधेश प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवनै विरोधमा उत्रिएका थिए । प्रमुख अतिथि रहेका उपेन्द्र कार्यक्रमस्थल पुग्दा उनीहरुले नाराबाजी र होहल्ला गरेका थिए ।
प्रहरीको लाठीचार्जबाट शिक्षामन्त्री यादव, सतिश कुमार सिंह, भाग्यश्री चौधरी, रंजु खंग, ऋषिकेश ठाकुरलगायतका जनमतका नेता तथा कार्यकर्ता घाइते भएका छन् । जनमतको अवरोधबीच जसपा अध्यक्ष यादवले विश्वविद्यालय भवन शिलान्यास गरेका छन् ।