८ मंसिर २०८१, शनिबार 1732384793
Banner

पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ : प्रधानमन्त्री

काठमाडौँ, १९ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ वर्षीया बालिका शालीन पोखरेलको मृत्यले आफूलाई गम्भीर र दुःखी बनाएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री प्रचण्डले शालीन मृत्युसम्बन्धी घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको उल्लेख गर्नुभएको छ ।

केही दिन अघि चितवनको एकता शिशु निकेतन स्कुलको होस्टलमा १४ वर्षीया बालिका शालीन मृत फेला परेकी थिइन् । प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “मृतावस्थामा फेलापरेकी १४ वर्षीया बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ । घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु । घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ ।”